यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम वृद्धि २ दशमलव ९ डिग्री सेल्सियससम्म पुग्न सक्ने
संयुक्त राष्ट्र सङ्घले यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम वृद्धि २ दशमलव ९ डिग्री सेल्सियससम्म पुग्नसक्ने चेतावनी दिएको छ ।
दुबईमा कोप–२८ जलवायु वार्ताको ठिकअघि पर्यावरण कार्यक्रमको वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गर्दै संयुक्त राष्ट्र सङ्घले पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोहोर्याएको बताएको हो ।
कार्बन कटौती गर्ने देशहरूको योजनाबारे ध्यानाकर्षण गर्दै संयुक्त राष्ट्र सङ्घले पृथ्वीमा सन् २१०० सम्ममा २ दशमलव ५ डिग्री सेल्सियस र २ दशमलव ९ डिग्री सेल्सियस तापक्रम वृद्धि हुने जनाएकाे हाे ।
प्रतिवेदनमा अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलतातर्फ उन्मुख रहेको उल्लेख गरेको छ । अहिले पृथ्वीको वायुमण्डलको तापमानवृद्धि एक दशमलव ४ डिग्री सेल्सियस रहेको छ । संयुक्त राष्ट्रसङ्घले विश्वको तापक्रम वृद्धि एक दशमलव ५ डिग्री सेल्सियसमै सीमित गर्नुपर्ने बताउँदै आएको छ । एजेन्सी/विभिन्न अनलाईन
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


