हमासबाट १३ इजरायली र ४ जना थाई नागरिक रिहा, थप ३९ जना प्यालेस्टिनी कैदीबन्दी मुक्त

गाजामा पक्राउ परेका थप १३ जना इजरायली बन्धक र ४ जना थाई नागरिकलाई हमासले रिहा गरेको छ । उनीहरुलाई हमास समूहले रेडक्रसको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।

गएराति हमासले इजरायली र थाई गरी १७ जनालाई रिहा गरेसँगै थप ३९ जना प्यालेस्टिनी कैदीहरूलाई पनि रिहा गरिएको इजरायलको सुरक्षा निकायले पुष्टि गरेको छ ।

इजरायल–हमासबीच भएको युद्धविरामको पहिलो दिन अस्ति शुक्रवार १३ जना इजरायली, ३९ जना प्यालेस्टिनी, १० जना थाई नागरिक र एक जना फिलिपिनी नागरिकलाई रिहा गरिएको थियो ।

थाई र फिलिपिनी नागरिकलाई भने कतारको छुट्टै कुटनीतिक पहलमा हमासले रिहा गरेको हो । कतारको मध्यस्ततामा हमास र इजरायलबीच भएको सम्झौतामा चार दिन युद्धविराम गरिएको छ ।

युद्धविराम अवधिमा हमासले कम्तीमा ५० जना बन्धीलाई रिहा गर्नेछ भने इजरायलले एक बन्धक बराबर तीन जनाको दरले कैदीबन्दी रिहा गर्नेछ । युद्धविरामको आज तेस्रो दिन हो। एजेन्सी/विभिन्न अनलाईन

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP