भ्रष्टाचारका फाइल खुल्दै जानेछन् : कानुन मन्त्री गुरुङ
स्याङ्जा :
कानुन, न्यायतथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारका फाइल खुल्दै जाने बताउनु भएको छ ।
पुतलीबजार नगरपालिका १ स्याङ्जामा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आठौँ अधिवेशन तथा ५ औ विश्व सम्मेलनमा शनिबार मन्त्री गुरुङले भ्रष्टचार गर्ने कसैलाई नछाडिने बताउनुभयो । पछिल्लो समयमा भ्रष्टचार धेरै भएको बताउदै मन्त्री गुरुङले यसैका कारण राजनितिमा काला धब्बादाग देखा परेको बताउनुभयो ।
राजनिति सेवा भएको बताउदै मन्त्रीगुरुङले सेवालाई गलत दिशामा लानेलाई खबरदारी भने गर्नुपर्ने बताउनुभयो । निस्वार्थ काम गर्ने उदेश्यले आएको र काम गर्ने बताउदै मन्त्री गुरुङले पद आउने जाने बताउनुभयो । भ्रष्टचारी कारबाही गर्न प्रधामन्त्री, गृहमन्त्री समेत लागि गरेरका कानुन अनुसारको कारबाही गर्न आफु पछाडी नपर्ने उहाँको भनाई थियो ।
बिपी, कृष्ण प्रसाद, शुसिल, मनमोहनको कामलाई सम्झनु भएका मन्त्री गुरुङले काम गर्नेलाई सहयोग गर्ने जिकिर गर्नुभयो ।
स्याङ्जा सहयोग समाजको कामको सह्रना गर्दै मन्त्रीगुरुङले समाज समाजिक काममा आफ्नो सहयोग सधै रहने बताउनुभयो ।
कार्यक्रममा संघिय सांसद राजु थापा, पुर्व सांसद नारयणप्रसाद मरासिनी, कालिगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, एमाले अध्यक्ष सुर्य प्रसाद गैरे, सल्लाहकार चन्द्र बहादुर थापा र प्रकाश श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियो । २०६६ भदौै १२ गते स्थापना गरिएको समन्वय समितिको विश्व सम्मेलनमा देशका प्रतिनिधि तथा पर्यवेक्षकहरु गरि ३१२ जनाको सहभागीता छ ।
समाजले महाभूकम्प, कोरोना महामारी, लगायत जिल्लामा भएका आगलागी, बाढी पहिरो जस्ता विपत्तिहरुमा आठ करोड १५ लाख रकमले सामाजिक सेवामा सहयोग गरेको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष खगेन्द्र गैह्रेले आर्थिक प्रतिवेदन र महासचिव मुक्ति सुवेदीले संचालन गर्नुभएको थियो ।
सोही कार्यक्रममा पुतलीबजार नगरपालिका ११ निवासी प्यारालाइसिस दलबहादुर गुरुङ्लाई १ लाख ६ हजार रुपैंया आर्थिक सहयोग र एक करोडको अक्षय कोषको स्थापना गरिएको छ । समाजलाई सहयोग गर्ने बिभिन्न ब्यक्ति तथा संस्थाहरुलाई सम्मान एवं सहयोग गरिएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


