स्याङ्जाको अर्जुनचौपारीमा हेलिप्याड निर्माण

helipad arjunchaupari

स्याङ्जा :

 अर्जुनचौपारीमा गाउँपालिका-१ स्थित सहेले फाँटमा निर्मित हेलिप्याड पालिकालाई हस्तान्तरण गरिएको छ।

गाउँपालिकाको आर्थिक तथा आँधीखोला ब्यारेकस्थित समरजित गुल्मको प्राविधिक तथा श्रमदानमा निर्मित सो हेलिप्याड गुल्मपति हरिप्रसाद भट्टराईले गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई शुक्रबार पालिकामा आयोजित कार्यक्रममार्फत हस्तान्तरण गरेका हुन्।

बहुउपयोगी सेवा प्राप्तिका लागि निर्माण गरिएको हेलिप्याडले विपद र आपत्तीका बेला झनै सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी शशीघर घिमिरेले बताए। प्रजिअका अनुसार जोखिमका बेला उद्धारमा सहयोग पुर्‍याउने मुख्य उद्देश्य लिएर गरिएका सहकार्यले पालिकावासी र सुरक्षाकर्मीबीचको सम्बन्ध बढाएको छ।

दैनिक २० जनाले सुरु गरिएको निर्माण कार्यले १५ दिनमा सम्पन्न भएको हो। एमआई सिक्सटिन हेलिप्याड निर्माण गरिएको हो। हेलिप्याड निर्माणसँगै पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिकासहित पर्वका केही वडाले समेत उपयोग गर्न पाउने पालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए।

जनश्रमदानसहित ७ लाख ३३ हजार ४५९ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको वडाअध्यक्ष रणबहादुर थापाले जानकारी दिए। पक्की ढलानसहित रंगरोगन गरिएको हेलिप्याड ६० वाई ६० फिट छ। यो जिल्लाकै ठूलो हेलिप्याड हो।

करिब ६०/६० फिट लम्बाइ र चौडाइको तथा डेढ फुट ढलान हेलिप्याड कास्की बाहेकको बाहिरी जिल्लामा रहेका मध्ये सबैभन्दा ठूलो दावी गरिएको छ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP