नेपाल आदिवासी जनजाति पत्रकार फोनिजद्धारा आयोजित पत्रकारिता तालिम सम्पन्न
वालिङ :
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज स्याङ्जाद्धारा आयोजित पत्रकारिता तालिम सम्पन्न भएको हो । वालिङ ६ मिर्दिमा ३ दिन सम्म संचालित तालिमका लागी वालिङ नगरपालिकाले सहयोग गरेको थियो । सोमबार तालिमको समापन गर्दै वालिङ वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता पदम गुरुङले आदिवासी जनजातिको वास्तविक तथ्यांक पहिचान गर्नका लागी वालिङ नगरस्तरीय जनजाति महासंघ गठन गरी अगाडि बढिने बताउनुभयो ।
जनजातिको वास्तविक पहिचान गरी जनजातिको भाषा, संस्कार संस्कृति र पहिचानलाई संरक्षण गर्दै अगाडि बढ्ने प्रवक्ता गुरुङले बताउनुभयो । जनजाति समुदायको हरेक क्षेत्रमा पहुँच पु¥याउनका लागी पत्रकारिता क्षेत्रले पनि अहम भुमिका निर्वाह गर्ने भन्दै पत्रकारिता निष्पक्ष हुनुपर्ने बताउनुभयो । प्रवक्ता गुरुङले भन्नुभयो, “यो आधारभुत तालिम सामान्य ढोका खोलिएको मात्रै हो । एडभान्स तालिमहरु पनि आवश्यक परे नगरपालिकाले सहयोग गर्नेछ ।” जनजाति समुदायमा रहेका गलत संस्कार त्याग्नुपर्ने भन्दै राम्रा सस्कारको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. १२ का अध्यक्ष विश्वजंग गुरुङ, वडा नं. ५ का अध्यक्ष छवि आले, कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक युगमाया पंगेनी, प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगाले, प्रशिक्षक गोपाल जिटि, सहभागि गिरण जिटि र लिलाकुमारी गुरुङलगायतले बोल्नुभएको थियो ।
फोनिजका अध्यक्ष तिलक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष संगिता थापामगर र संचालन सचिव धनु गुरुङले गर्नुभएको थियो । तिनदिन सम्म संचालित तालिममा फोनिजका गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीस, सुमन गुरुङ, फोनिजका सल्लाहकारहरु मोहन गुरुङ, गोपाल जिटि र कला रानाले सहजीकरण गर्नुभएको थियो । तालिममा २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


