हरिनास गाउँपालिकाको १३ औँ सभा (बजेट अधिबेशन) सम्पन्न ।
हरिनास :
स्याङ्जाको हरिनास गाउँपालिकाको १३ औँ सभा (बजेट अधिबेशन) सम्पन्न भएको छ । हरिनास गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरको अध्यक्षतामा सभा सम्पन्न भएको हो । गाउँसभमा आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम,बजेट तथा कार्यक्रम पेश गरिएको छ । सभामा पालिकाको आर्थिक ऐन, बिनियोजन ऐन लगायत विविध विषयमा छलफल भएको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।
सभामा हरिनास गाउँपालिका उपाध्यक्ष इन्द्रकुमारी थापा रानाले आर्थिक बर्ष २०८०/०८१ को बजेट बारे जानकारी गराउनु भएको थियो ।
सभामा वडा अध्यक्ष, कार्यपालिका सदस्य,गाउँसभा सदस्य, कर्मचारी,पत्रकार,सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।



समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
२ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


