भीरकोटमा आयमुलक क्रिष्टलको चुरापोते बनाउने तालिम सम्पन्न ।
आधिखोला खवर / स्याङजा :
महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले स्याङजाको भीरकोट नगरपालिकाले वडा नं. ६ मा आयमुलक क्रिष्टलको चुरापोते बनाउने सम्पन्न भएको छ । नगरपालिकाले वडा नं. ५, ६, ७, ८ र ९ गरी ५ वडाका ५० जना महिलाहरुका लागी तालिम प्रदान गरेको हो । तालिम तिन दिन सम्म सञ्चालन गरीएको थियो ।

तालिमको समापन गर्दै भीरकोट नगरपालिका प्रमुख छायाराम खनालले सिपको सदुपयोग गर्दै सिपलाई विस्तार गरी व्यवसायिक बन्न सहभागिहरुलाई आग्रह गर्नुभयो । साथै प्रमुख खनालले एक घर एक रोजगार कार्यक्रमका साथ नगरपालिका अगाडि बढ्ने भन्दै स्थानीयको उत्पादनलाई बजारीकरणको लागि नगर प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख सिमा केसीकर्माचार्य, वडा नं. १ का अध्यक्ष एव्ां प्रवक्ता दिपेन्द्र केसी, प्रशिक्षक दुर्गा न्यौपाने, सहभागि सानु गुरुङ, सिता अर्याललगायतले बोल्नुभएको थियो ।

तालिम समिति संयोजक एवं वडा नं. ५ का अध्यक्ष यामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ६ का अध्यक्ष लक्ष्मण खत्रिले स्वागत र सञ्चालन विष्णुमाया काफ्लेले गर्नुभएको थियो ।

नगरपालिकामा रहेका ९ वटै वडाका महिलाहरुलाई तालिम दिईने बताईएको छ । बाँकी १, २, ३ र ४ वडाका लागी समेत तालिम दिईने तालिम संयोजक अधिकारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


