११ वर्षकी बालिकाको मासिक आम्दानी डेढ करोड !
काठमाडौं :
कमै मात्र मानिसहरु सानै उमेरमा प्रसिद्धी हासिल गर्न सक्दछन् । पिक्सी कर्टिस यस्तै भाग्यमानी मानिसमा पर्दछिन् जसले ११ वर्षकै उमेरमा मासिक डेढ लाख रुपैयाँ भन्दा धेरै रकम कमाउँछिन् ।
रोचक त के भने छोटो समयमै करोडौँ आम्दानी गरिसकेकी कर्टिसले यति सानो उमेरमै आयआर्जनको पेशाबाट अवकाश लिँदैछिन् ।
पिक्सीका लागि उनकी आमा रोक्सी ज्याकेन्कोले व्यवसाय सुरुवात गरिदिएकी थिइन् । रोक्सी पनि आफैंमा एकजना व्यवसायी महिला हुन् ।
news.com.au सँगको कुराकानीमा पिक्सीले अब आफू हाइस्कुल शिक्षाका लागि केन्द्रित हुन चाहेको हुँदा आफ्नो व्यवसायिक कामबाट विश्राम लिने तयारीमा रहेको खुलासा गरेकी छिन् । अर्थात् उनी ११ वर्षकै उमेरमा आफ्नो व्यवसायबाट रिटायर्ड हुँदैछिन् । उनी पछिल्लो ३ वर्षदेखि सो व्यवसायमा छिन् ।
आफ्नी आमा रोक्सीले दशौँ बर्थडेका अवसरमा करोडौं मूल्य पर्ने मर्सिडिज कार उपहार दिएपछि पिक्सी गत वर्ष नै पहिलोपटक चर्चामा आएकी थिइन् । उनको ११ औं बर्थडे पनि कम चर्चामा रहेन । आफ्नो बर्थडेमा पार्टी गरेर उनले करीब एक करोड रुपैयाँ बराबरको रकम खर्च गरेकी थिइन् ।
पिक्सी सोसल मिडिया स्टार पनि हुन् । उनको इन्स्टाग्राममा १ लाख २० हजार भन्दा धेरै फलोअर्स छन् । जहाँ उनले आफ्ना निजी तस्वीरका साथै व्यवसायसँग सम्बन्धित सामाग्रीहरु पनि शेयर गर्दछिन् ।
–एजेन्सी/Onlinekhabar.com
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


