आईसीसी यू–१९ मा कुवेतमाथि नेपालको २ सय ४३ रनको जित ।
काठमाण्डौ
नेपालले आईसीसी यू–१९ एसियाली छनोटमा कुवेतमाथि शनिबार ठूलो अन्तरको जित निकालेको छ । यूएईमा भएको खेलमा नेपालले २ सय ४३ रनको जित निकालेको हो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यस अगाडि नेपालले सिंगापुरमाथि पनि सजिलो जित निकालेको थियो ।
नेपालले पहिले ब्याटिङ गर्दै ७ विकेटमा ३ सय ४३ रनको विशाल स्कोर खडा गरेको थियो । त्यसमा प्रारम्भिक ब्याटर अर्जुन कुमालले १ सय ८ र कप्तान देव खनालले १ सय २५ रनको शानदार प्रदर्शन गरे । अर्जुनले १ सय १२ बलको सामना गरेर १२ चौका प्रहार गरे । यस्तै देवले १ सय १७ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
जवाफमा कुवेत ३०.५ ओभरमा सय रन बनाएर अलआउट भयो । नेपाली बलरमध्ये आकाश चन्दले ४३ रन दिएर ६ विकेट लिए । यस्तै हेमन्त धामी र दीपेश कँडेलले २/२ विकेट लिए । कुवेती ब्याटरमध्ये प्रारम्भिक ब्याटर जुड क्रिस्टोफरले २६ रन बनाए र यो नै पूरा इनिङ्सको सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


