सुर्ती सेवनबाट नेपालमा वार्षिक २७ हजारको मृत्यु ।
काठमाण्डौ:
सन् २०२२ मा आइपुग्दा नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या २७ हजार १ सय ३७ पुगेको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख छ। सुर्ती सेवनले महिनामा औसत २ हजार २ सय ६१ जना र दिनमा ७५ जनाको ज्यान जाने जाने गरेको छ। यो तथ्यांक प्रत्येक दिन दुईवटा हवाईजहाज दुर्घटनामा पर्दा हुने मृत्युसरह हुने डब्ल्यूएचओले जनाएको छ।
आठ वर्षको अवधिमा नेपालमा सुर्तीजन्य पदार्थको सेवनले हुने मृत्युदर भन्डै दोब्बरले बढेको छ। सन् २०१४ मा नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक १५ हजार बढीको मृत्यु हुने गर्दथ्यो। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार महिनामा १ हजार २ सय ५० जना र दिनमा ४९ जना, अर्थात् हरेक दिन एउटा हजाईजहाज दुर्घटनामा परे सरहको क्षति हुने गरेको डब्ल्यूएचओले जनाएको छ।
सरकारले आठ वर्ष अघि नै बढ्दो क्रममा रहेको सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गरी मृत्युदर घटाउन विद्यमान कानुनलाई केही संशोधन गरेको थियो। तर, त्यसको कार्यान्वयन गर्न भने अझै भएको छैन। सुर्ती उद्योगीहरूले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको ८ वर्ष हुँदा समेत अदालतले मुद्दाको किनारा लगाएको छैन।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


