अनौठो सडक : जहाँ गाडीले होइन सडक आफैले हर्न बजाउँछ !
१३ असार, काठमाडौं । विश्वमा सबैभन्दा धेरै मृत्युको कारणको रुपमा सडक दुर्घटना रहेको छ । तीव्र गति, ट्राफिक नियम उल्लंघन, सडकको अवस्था, गाडीको प्राविधिक कमजोरी लगायतका विभिन्न कारणले हुने सडक दुर्घटनाका कारण हुने मृत्युमा वर्षेनी बढोत्तरी भैरहेको छ । सडक दुर्घटना कम गर्नका लागि सरकारहरुले पनि विभिन्न उपाय अपनाउने गरेका छन् ।
पहाडी तथा घुमाउरा सडकहरुमा पर्याप्त सडक सूचना, चालकहरुको सतर्कता तथा घुम्तीहरुमा हर्न बजाउने गर्नाले केही हदसम्म दुर्घटना कम हुनसक्दछ । घुम्तीहरुमा यदि गाडी चालहरुले समयमै हर्न बजाएर विपरित दिशाबाट आउँदै गरेको गाडीलाई सूचना दिएभने अर्को गाडीको चालक पनि सतर्क हुने र गाडीहरु ठोक्किने जोखिम कम हुन्छ । चालकले समयमै हर्न नबजाएकै कारण दुर्घटना नहोस् भन्नका लागि भारतमा एउटा यस्तो सडक बनाइएको छ जहाँ सडक आफैले हर्न बजाउँछ ।
पहाड तथा उपत्यकाको घुमाउरो सडकहरुमा गाडीहरु ठोक्किएर हुने दुर्घटना कम गर्नका लागि हिन्दुस्तान पेट्रोलियम तथा लिओ बर्नेटले विशेष अवधारणा विकाश गरेको हो । त्यसमा गाडीले हर्न बजाउनुको साटो सडकले नै हर्न बजाउने सिस्टम राखिएको छ ।
भारतको जम्मु काश्मीर जोड्ने राजमार्ग एनएच १ मा सबैभन्दा पहिले यो प्रविधिको विकास गरिएको हो । जम्मु काश्मीर उपत्यकामा निकै घुमाउरो सडक भएको हुँदा दुर्घटनाको उच्च जोखिम छ ।
त्यसैले राजमार्गमा हरेक घुम्तीहरुमा दुबैतर्फ स्मार्ट लाइफ पोलहरु राखिएको छ । गाडीहरु उक्त पोलको नजिक पुगेपछि सडकमा जडित सिस्टमले आफै हर्न बजाउन थाल्दछ । यसले अर्कोतर्फबाट आइरहेका चालकहरुलाई सचेत बनाउँदछ ।
उक्त प्रविधि जडान गरेपछि त्यस क्षेत्रमा हुने दुर्घटनामा निकै कमी आएको बताइएको छ । यो प्रविधिको सफलतासँगै भारत सरकारले यसलाई देशका अन्य सडकमा पनि जडान गर्ने सोँच बनाएको छ । एजेन्सीको सहयोगमा, Onlinekhabar.com
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


