बजारमा चिनीको मूल्य आकाशिदै ।
काठमाण्डौ
बजारमा चिनीको मूल्य प्रतिकिलो एक सय पाँच रूपैयाँ पुगेको छ। नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले पछिल्लो समय चिनी प्रतिकिलो पाँच रूपैयाँ बढेर एक सय पाँच रूपैयाँ पुगेको जानकारी दिए।
संघले जेठ १५ गते पठाएको तथ्यांकअनुसार चिनी प्रतिकिलो एक सय रूपैयाँ थियो। पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले आफूहरू पनि चिनीको मूल्य बढाउन बाध्य भएको उनी बताउँछन्।
‘चिनीको मूल्य हामीले बढाएको जस्तो गर्छन्। हामीले पनि उद्योगीसँग किनेर ल्याउने हो,’ उनले भने, ‘उतै मूल्य बढेकाले हामीले मूल्य बढाएका हौं।’ उनका अनुसार भारतीय सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाए देखिँनै चिनीको मूल्य प्रतिकिलो दुईदेखि तीन रूपैयाँ गरेर उद्योगीले बढाइरहेका छन्।
‘भारतबाट चिनी आयात गर्ने बेलामा यहाँका उद्योगीले यहीँ उत्पादन छ भनेर आयात गर्न दिएनन्, अहिले निर्यात प्रतिबन्ध गर्दा उद्योगीले किन चिनीको मूल्य बढाए। यसमा सरकारले अनुगमन गर्न जरूरी छ,’ उनले भने। उनले गत बिहीबार उद्योगीबाट चिनी खरिद गरेका थिए। उक्त मूल्यका आधारमा चिनी प्रतिकिलो प्रतिकिलो एक सय पाँच रूपैयाँ पुगेको हो। फेरि, नयाँ चिनी ल्याउँदा उपभोक्ता मूल्य अझै बढ्न सक्ने उनले बताए।
‘बिहीबार ल्याएको चिनी सकिँन आट्यो, अब ल्याउँदा हामीलाई कति पर्छ,’ उनले भने, ‘त्यहीअनुसार उपभोक्ता मूल्य राखिन्छ।’ खुद्रा चिनी बेच्दा खुद्रा व्यापारीलाई किलोमा दुईदेखि पाँच रूपैयाँ मात्रै फाइदा हुने उनले बताए। सरकारले किन चिनीको भाउ बढिरहेको छ भन्ने विषयमा तत्तकाल अनुगमन गर्नुपर्ने उनको भनाइ छ। चिनीको मूल्य पसलै पिच्छे फरक–फरक भएकाले यसको मूल्य सरकारले निर्धारण गरिदिन पर्ने खुद्रा व्यवसायी चन्द्र थापले बताए।
‘चिनीको मूल्य कति भन्ने यकिन छैन, सरकारले उद्योगीको लागतअनुसार मूल्य निर्धारण गरिदिन पर्छ,’ उनले भने। गत जेठ १८ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको हो।भारतले घरेलु मागलाई सम्बोधन गर्न भन्दै यस्तो प्रतिबन्ध लगाएको बताएको छ। चिनी उत्पादनको सिजनमा भने एक करोड मेट्रिक टनसम्म निर्यात नरोकिने पनि बताइएको छ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


