मुग्लिन आँबुखैरेनी सडक एकतर्फी सञ्चालनमा, ठूला सवारी साधन चार दिन नचल्ने ।
काठमाण्डौ:
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरेनी सडकखण्ड एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरस्थित पावर हाउस नजिक वर्षाका कारण शुक्रबार बिहान सडक भासिएका कारण ठूला सवारीको आवागमनमा रोक लगाइएको हो ।सडक भासिदा सो ठाउँमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको थियो । सडक भासिएको स्थानमा २ वटा शव भेटिएको प्रहरीले जनाएको छ ।
मृतक दुई मध्ये एक जना गोरखाको सिरानचोक गाउँपालिका छोप्राकका केशव घिमिरले भएको प्रहरीले बताएको छ । अर्को शवको भने पहिचान खुलेको छैन । भासिएको सडकको भित्तोतर्फको भाग काटेर सडक फराकिलो बनाउन लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
एकतर्फी रुपमा साना सवारी साधनमात्रै सञ्चालन गर्न मिल्ने भएकाले भित्तोतर्फको भाग काटेर सडक फराकिलो बनाउन लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।तनहुँ प्रहरीका अनुसार सडक विभागले भित्तो काटेर सडक फराकिलो बनाउनुपर्ने बताएका कारण कम्तीमा ४ दिनका लागि ठूला सवारीको आवागमन रोकेर सडक फराकिलो बनाउन लागिएको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


