स्याङ्जाका नगर प्रमुखमा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा

भवानी अधिकारी/स्याङ्जा : आसन्न स्थानीय तहको निर्वाचनको लागि पुतलीबजार नगरपालिकाको प्रमुखमा ९ र उपप्रमुखमा ७ जनाको उम्मेदवारी परेको छ। दर्ता भएका विभिन्न १८ वटा दल भएता पनि मुख्यतः प्रतिस्पर्धा भने नेपाली कांग्रेस र नेकपा एमालेबीच हुने भएको छ।

नेपाली कांग्रेसका तुलसीराम रेग्मी, नेकपा एमालेका सीमा क्षेत्री, नेकपा माओवादी केन्द्रका नारायणप्रसाद लम्साल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तुलसिंह ठकुरी, जनता समाजवादी पार्टी नेपालका पमनारायण अर्याल, नेकपा एकीकृत समाजवादीका महाप्रसाद सुवेदी र मंगोल नेशनल अर्गनाइजेशनका सूर्यबहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन्।

यसैगरी, प्रमुख पदमा अनुवर अली र इश्वर पराजुलीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्। यसअघि अलीले नेपाली कांग्रेस र पराजुलीले नेकपा एमाले परित्यागत गरेको जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।  यसैगरी, उपप्रमुखमा कांग्रेसका देवी अर्याल, एमालेका महेश पुरी, माओवादीका सरस्वती शर्मा, राप्रपाका दिलकुमारी शाही, जसपाका आस्था नेपाली, नेकपा एकीकृत समाजवादीका सुनिता क्षेत्री र मंगोल नेशनल अर्गनाइजेशनकी तीर्थ गुरुङले उम्मेदवारी गराएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश वसन्तराज पौडेल जानकारी दिए।

यसैगरी, भीरकोट नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा कांग्रेसका गोबिन्द कर्माचार्य र भगवती अर्याल तथा एमालेबाट प्रमुखमा विश्वनाथ अर्याल र उपप्रमुखमा सीता अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। वालिङ् नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका दिलिपप्रताप खाँण तथा उपप्रमुखमा कविता तिवारी र एमालेकातर्फबाट प्रमुखमा कृष्ण खाँण तथा उपप्रमुखमा खगिसरा थापाले उम्मेदवारी दर्ता गराएका हुन।

गल्याङ् नगरप्रमुखमा कांग्रेसका गुरुप्रसाद भट्टराई र हेमा न्यौपानेले प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् भने एमालेका तर्फबाट सूर्यप्रसाद गैरे पारस र देवी थापाले प्रमुख र उपप्रमुखको उम्मेदवार बने। नेपाली कांग्रेसबाट चापाकोट नगरपालिकामा देवबहादुर खाँण र इशा रानाले नगर प्रमुख तथा उपप्रमुखमा उम्मेदवार दर्ता गराएका हुन भने एमालेबाट राजु कोइराला र सृष्टि मल्लको उम्मेदवारी दर्ता भएको छ।

स्याङ्जाका ११ पालिका मध्ये ५ नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुँदै आएको छ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP