त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जित ।
काठमाण्डौ:
त्रिकोणात्मक टी–२० क्रिकेट अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बुधबार भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ४ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
नेपालका लागि आसिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, दीपेन्द्र सिंह ऐरी २१, दिलिप नाथ १५ तथा रोहित पौडेलले १२ रनको योगदान गरेका छन । मलेसियाका पवनदिप सिंहले २ तथा मुहमद अमिर र सेइद अजिजले १–१ विकेट लिएका छन ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १४ रन बनाएको थियो । मलेसियाका जुबैदी जुल्किफ्ले सर्वाधिक ३२ रन बनाएका थिए ।त्यस्तै, कप्तान अहमेद फैज २४, मुहम्मद अमिर १६ र सेद अजिजले १४ रन जोडेका । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २–२ तथा अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिएका थिए । यो जितसँगै नेपाल सिरिजको फाइनल नजिक पुगेको छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।
नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेकोथियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


