एउटै मोटरसाइकलमा सवार ४ जनाको मृत्यु, एक घाइते ।

 

धनुषा:
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सबैला नगरपालिका–१२ बरकुर्वामा सोमबार साँझ साढे ८ बजेतिर ज ६ प ६७३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकलमा रहेका चार बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सबैला नगरपालिका–२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP