गर्मी बढ्दैछ, प्रशस्त पानी पिउनुहाेस्
काठमाण्डौ – बढ्दाे गर्मीसँगै यसबाट जोगिन विभिन्न उपाय अपनाउन डाक्टरले सुझाव दिएका छन् । केही दिनयता तराईलगायत देशैभर गर्मी बढेकाले सावधानी अपनाउन फेमीली फिजिसियन डाक्टर विश्वराज दवाडीले सुझाव दिनुभएको छ । गर्मीमा पकाइएको खानेकुरा केही घन्टामै बिग्रने भएकाले बासी तथा सडेगलेका खानेकुरा नखान, धेरै मसलायुक्त खानेकुरा नखान, दुषित पानी नखान, काँचो र नपाकेका खानेकुरा नखान उहाँले आग्रह गर्नुभएको छ । यस्ता खानेकुराले फुड पोइजनलगायतका स्वास्थ्य समस्या हुने उहाँको भनाई छ ।
यस्तै फोहोर र बासी खानाले पखाला लाग्ने, बान्ता हुने र ज्वरो आउँछ । यस्तै गर्मी भएकाले जाडो महिनाको तुलनामा दोब्बर धेरै पानी पिउन डाक्टर दवाडीको सुझाव छ । घाममा बसेर काम गर्दा पसिना मार्फत् शरीरमा भएको पानी बाहिर निस्कने भएकाले जाडो याममाभन्दा धेरै पानी पिउनुपर्ने उहाँको तर्क छ । यसैगरी सकेसम्म घाममा बसेर काम नगर्न, बस्नै परे सफा पानी धेरै मात्रामा पिउन, ताजा जुस, झोलिलो खानेकुरा धेरै खाने, पूरा बाहुला भएको लुगा लगाउने, टोपी लगाउने, हिँड्दा छाता ओड्ने गरे पनि गर्मीबाट बच्न सकिने डाक्टर दवाडीले बताउनुभयाे ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


