किर्तिनन्दलीला—मानसिद्धी स्मृति प्रतिष्ठानद्धारा स्याङजाको एक विद्यालयमा १६ बिद्यार्थी नगद सहित सम्मान ।

भवानी अधिकारी / स्याङ्जा :
पुतलीबजार नगरपालिका ३ स्थित काजिमान हरिटीका माविमा पुरस्कार, सम्मान तथा छात्रबृत्ती बितरण गरिएको छ ।


किर्तिनन्दलीला — मानसिद्धी स्मृति प्रतिष्ठानले विद्यालयका उत्कृष्ठ शिक्षक र बिद्यार्थीहरुलाई ५० हजार नगद सहित जीन्सी समान प्रदान गरेको हो । कीर्तिनन्दलीला मानसिद्धि ट्रष्टबाट विद्यालयका १६ जना जेहेन्दार विद्यार्थीलाई जनही ३/३ हजारका दरले ४८ हजार नगद छात्रवृत्ति प्रदान गरिएको हो ।
यसैगरी, बिद्यालयको बार्षिक कार्यक्रम अनुसार १ लाख बराबरको नगद छात्रबृत्ति पनि सोही कार्यक्रममा बितरण गरिएकोे छ । विद्यालयले दलित छात्रवृत्ति तथा छात्रा छात्रवृत्ति रकम विद्यार्थीहरुलाई वितरण गरेको छ ।


सम्मान एवं छात्रबृत्ती वितरण गर्दै गण्डकी प्रदेश बिधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले यस्ता पुरस्कारले बिद्यार्थीहरुका पढाई, लेखाई लगायत अतिरिक्त क्रियाकलापमा केन्द्रित हुने र पढाईमा रुची एवं हौसला बढ्ने बताउनुभयो । गुणस्तरीय शिक्षा ग्रहणमा पुरस्कार र छात्रबृत्ति कोशढुंगाा सावित हुने बताउदै प्रतिष्ठान परिवारले बिद्यालयमा गरेको परोपकारी कार्यले बालबालिका लगायत विद्यालय परिवारलाई सकारात्मक प्रभाव पारेकोमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्व जिल्ला विकास समितिका सभापति श्रीप्रसाद जीटी, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्रमान ब्यथित, प्रधानाध्यापक ओमप्रकाश शर्मा, प्रतिष्ठानका संरक्षक सुशीलकुमार श्रेष्ठ, वडा अध्यक्ष अमृतप्रसाद श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गर्दै बिद्यालयलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।


यसैगरी, बिद्यालयका छात्रछात्राहरु सोनिका कुमाल, बिषम मल्ल, किर्ति कुमाल, प्रविण लामिछाने, कुशल खनाल, आदित्य गोदार लगायतले मन्तब्य ब्यक्त एवं आ आफना रचना प्रस्तुत गर्नुभएको थियो ।
किर्तिनन्दलीला मानसिद्धी स्मृति प्रतिष्ठानका अध्यक्ष मिनाकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुशान्त पराजुलीले स्वागत तथा सहायक प्रधानाध्यापक कृष्ण गोदारले संचालन गर्नुभएको थियो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP