च्याम्पियन्स लिगको फाइनल रुसमा नगर्ने युइएफएको निर्णय ।
काठमाण्डौ
युइएफएले आफ्नो प्रमुख फुटबल खेल, च्याम्पियन्स लिगको फाइनल रुसमा नगर्ने भएको छ ।
शुक्रबार बसेको युइएफए कार्यकारी समितिको आपतकालीन बैठकले यसअघि रुसको सेन्ट पिटर्सबर्गमा गर्ने तय भएको खेल सुरक्षा स्थितिको गम्भीर भएको बताउँदै पेरिसमा सार्ने निर्णय गरेको हो । अब ‘खेल मे २८ मा पेरिसको स्टेड दि फ्रान्समा हुनेछ,’ युइएफएले विज्ञप्तिमा भनेको छ ।
युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित खेल अतुलनीय संकटको समयमा फ्रान्समा सार्ने प्रतिबद्धताको लागि राष्ट्रपति इमानुएल म्याक्रोनलाई युइएफएले धन्यवाद दिएको छ ।
यस्तै आपतकालीन बैठकले रसिया र युक्रेनी राष्ट्रिय टोलीका खेलहरू तटस्थ मैदानमा गर्ने निर्णय गरेको छ । यस्तै बैठकमा युरोपभरबाट रसियालाई प्रतिस्पर्धाबाट प्रतिबन्ध लगाउन र रूसी राज्य–स्वामित्वको ऊर्जा कम्पनीसँगको प्रायोजन सम्झौता रद्द गर्न दवाव आएको विषय पनि उठेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


