पलको खोजीमा प्रहरीको ५ टोली परिचालन ।
काठमाण्डौ:
अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको छ । बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले फागुन ११ मा उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो । पललाई पक्राउ गर्न काठमाडौंमा पत्राचार गरिएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले बताए ।

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


