चीनको बेइजिङमा जारी शीतकालीन ओलम्पिक सकियो,नर्वे पहिलो स्थानमा ।
काठमाण्डौ:
चीनको बेइजिङमा जारी शीतकालीन ओलम्पिक आइतबार साँझबाट सकिएको छ। दुई सातासम्म चलेको ओलम्पिकमा ३ हजारभन्दा बढी खेलाडीले १०९ स्वर्ण, १०९ रजत र १०९ कास्यका लागि प्रतिश्पर्धा गरेका थिए।
कूटनीतिक बहिष्कार र कोभिड–१९ को महामारीको बीचमा देखिएको आशंकाबीच चीनले सफलतापूर्वक शीतकालीन ओलम्पिक आयोजना सम्पन्न गर्यो।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले समापन समारोहमा विश्वभरका नेतालाई खेलाडीले दिएको शान्ति र ऐक्यबद्धताको उदाहरणबाट पाठ सिक्न आग्रह गरेका छन्।
उनले भने, ‘ओलम्पिक खेलको एकीकृत शक्ति हामीलाई विभाजित पार्ने शक्तिभन्दा बलियो छ।’ यस्तै बाचले समग्र विश्व समुदायलाई कोरोना खोप अभियानमा तीव्रता दिन पनि आग्रह गरे। अहिले विश्व महामारीबाट पार पाउने अवस्थातर्फ बढिरहेको भन्दै बाचले आगामी दिनमा अझै छिटो त्यसतर्फ लम्किनु जरुरी रहेको उल्लेख गरे।
यसपटकको शीतकालीन ओलम्पिकमा नर्वे पहिलो स्थानमा रह्यो। नर्वेले १६ स्वर्ण, ८ रजत र १३ कास्यसहित ३७ पदक प्राप्त गर्यो। दोस्रो स्थानमा रहेको जर्मनीले १२ स्वर्ण, १० रजत र ५ कास्यसहित २७ पदक पायो। आयोजक चीन तेस्रो स्थानमा रह्यो। उसले ९ स्वर्ण, ४ रजत र २ कास्यसहित १५ पदक हात पारेको हो। यस्तै अमेरिकाले ८ स्वर्ण, १० रजत र ७ कास्यसहित २५ पदक जितेर चौथो स्थानमा रह्यो। स्वीडेन र नेदरल्याण्डले पनि समान ८(८ स्वर्ण पदक जिते।समग्रमा यो ओलम्पिकमा २७ मुलुकका खेलाडीले पदक जितेका छन्।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


