मच्छिन्द्रलाई ‘ए’ डिभिजन लिगको उपाधि ।
काठमाण्डौ
सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दुई खेल अगावै मच्छिन्द्र फुटबल क्लबले उचालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार दिउँसो भएको खेलमा सातादोबाटोलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि जितेको हो ।
उसका लागि विदेशी खेलाडी नुर्लान नोभ्रोजुभले निर्णायक गोल गरे । साविक विजेतासमेत रहेको मच्छिन्द्रको जितसँगै २९ अंक भएको छ । दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दीको भने २० अंक छ । अब लिगका बाँकी खेलका नतिजा जस्तै भए पनि मनाङले मछिन्द्रलाई उछिन्न सक्ने छैन । लिगको छैटौं चरणमा मछिन्द्रले मनाङलाई हराएको थियो र त्यसै नतिजाका आधारमा मछिन्द्र हेड टु हेड मनाङ भन्दा अगाडि रहनेछ ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


