नयाँ शैक्षिक सत्र वैशाखदेखि, पढाइ भने जेठ १ गतेदेखि हुने निर्णय ।
काठमाण्डौ
सरकारले २०७९ को नयाँ शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि सुरु गर्ने भएको छ ।
बुधबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले नयाँ शैक्षिक सत्र वैशाखदेखि र पढाइ भने जेठ १ गतेदेखि हुने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलका प्रेस संयोजक बिमल खड्काले जानकारी दिनुभयो ।‘शैक्षिक सत्र वैशाखदेखि नै सुरु हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर, पढाइ भने जेठदेखि मात्र हुने गरी निर्णय भएको छ ।’
निर्णयसँगै अब विद्यालयहरूले चैतसम्म बाँकी रहेको कोर्स पूरा गर्नुपर्ने र वैशाखमा परीक्षा गरााइ नतिजा प्रकाशित गर्नुपर्ने प्रेस संयोजक खड्काले बताउनुभयो ।उहाँका अनुसार वैशाख महिनाभित्र नतिजा प्रकाशित गरेर विद्यालयहरूले जेठ १ गतेदेखि पठनपाठन थाल्नुपर्नेछ । आगामी शैक्षिक वर्ष चैतसम्म कायम उहाँको भनाइ छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


