गायिका लता मङ्गेशकरको निधन, जसले गाएकी थिइन ३० हजार भन्दा बढी गीत ।
काठमाण्डौ
भारतीय वरिष्ठ गायिका लता मङ्गेशकरको आज निधन भएको छ। उनको ९२ वर्षको उमेरमा निधन भएको हो।
कोभिड-१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनी विगत दुई सातादेखि सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिईन्।
उनलाई जनवरीको सुरुमा निमोनिया भएको पत्ता लागेपछि र अस्पताल भर्ना गरिएको थियो। उनी एक हप्तासम्म भेन्टिलेटरमा थिइन् तर त्यसपछि जनवरी २८ मा सुधारको संकेत देखिएपछि उनलाई भेन्टिलेटरबाट निकालीएको थियो। लता मंगेशकरलाई प्रेमपूर्वक ‘भारतको कोकिलाु’भनेर चिनिन्छ। उनले १३ वर्षको उमेरमा गायनमा प्रवेश गरेकी थिइन् र सन् १९४२ मा आफ्नो पहिलो गीत रेकर्ड गरिन्। सात दशक लामो आफ्नो करियरमा उनले विभिन्न भाषामा ३० हजार भन्दा बढी गीत गाएकी छन्।
लता मङ्गेशकरलाई सन् १९६९ मा तेस्रो सर्वोच्च नागरिक पुरस्कार पद्मभूषण, सन् १९९९ मा दोस्रो सर्वोच्च नागरिक पुरस्कार पद्म विभूषण र २००१ मा सर्वोच्च नागरिक सम्मान, भारत रत्नबाट सम्मानित गरिएको थियो। उनलाई फ्रान्सको सर्वोच्च नागरिक पुरस्कार पनि प्रदान गरिएको थियो।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


