मरिसस विरुद्द नेपालको लगातार दोस्रो जित ।
काठमाण्डौ:
नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ ।
मंगलबार भएको खेलमा मरिससमाथि नेपालले १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
खेलमा नेपाल १० खेलाडीमा र मरिसस पनि ९ खेलाडीमा सीमित बनेको थियो । खेलको दशौँ मिनेटमा सुजलले आकर्षक गोल गरेका थिए । सुजलको यो नेपालका लागि तेस्रो गोल हो । यता, मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार हार ब्यहोन बाध्य बन्यो ।
खेलको १३ औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीले गरेको पेनाल्टी सुटआउट नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।त्यस बाहेक दुबै टोलीले पाएको अन्य अवसरमा गोल हुन सकेन । जितसँगै नेपालले मरिससविरुद्ध लगातार दोस्रो जित निकाल्न सफल भएको छ । शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपालले मरिससलाई १–० गोल अन्तरले नै हराएको थियो ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


