जिल्ला अस्पताल व्यवस्थापन समितिद्धारा पदभार ग्रहण ।
भवानी अधिकारी :
पुतलीबजार नगरपालिका ३ स्थित स्याङ्जा जिल्ला अस्पताल ब्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष इन्द्रबहादुर गोदार लगायतल अन्य सदस्यले आज पदस्थापन गर्नुभएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयद्धारा अध्यक्षमा गोदार सहित अन्य ७ सदस्यीय अस्पताल विकास समितिको नियुक्त गरिएको थियो । समितिका अन्य सदस्यहरुमा लक्ष्मी बराल, टिमकुमारी कुमाल, सिद्धीमान कुमाल, राजेन्द्र गैह्रे, राजेन्द्र मरासीनी रहनु भएको छ । अब, जिल्ला उद्योग वाणिज्य संघ र सम्बन्धित स्थानीय पालिकाका एक ÷एक जना सदस्य थप हुनेछन भने सदस्य सचिवका रुपमा अस्पताल प्रमुख डा. रमेश आचार्य रहने प्रावधान छ । पदस्थापना कार्यक्रममा बोल्दै शिक्षा, संस्कृति, बिज्ञान तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले अस्पतालको भौतिक तथा गुणस्तीय सेवाका लागि प्रदेश र संघ सरकारसंग समन्वय गर्दे सुबिधासम्पन्न अस्पताल निर्माणका लागि जुट्ने बताउनुभयो । आवश्यक अनुरुपको प्राबिधिक र स्रोतका अभावका कारण अस्पतालमा उपलब्ध उपकरणको समेत उपयोग नसकिएको उहाको भनाई छ । कार्यक्रममा निवर्तमान अध्यक्ष लोकराज शर्माले नव आगन्तुक अध्यक्षलाई आफनो पूर्णसहयोग रहने र अधुरा कामलाई पुरा गर्न सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा अस्पतालका प्रमुख डा. रमेश आचार्यले अस्पतालको वर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी गराउनु भएको थियो । सोही कार्यक्रममा ३ वर्षे कार्यकाल पुरा गरी निवर्तमान हुनु भएका अध्यक्ष लोकराज शर्मालाई ससम्मान सहित बिदाई गरिएको थियो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन तथ्यांक अधिकृत पार्वती बरालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


