आजबाट सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य ।
काठमाण्डौ:
सार्वजनिक ठाउँमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ ।
सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ । आजदेखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा भिड व्यवस्थापन गर्न सकेको छैन । सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने भए पनि कार्यान्वयनमा जटिलता देखिने विज्ञहरुको भनाइ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले कुल जनसङ्ख्याको ५३ प्रतिशतले एक मात्रा र ४१ दशमलव ४ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । यसैगरी लक्षित जनसङ्ख्यामध्ये ८० दशमलव ९ प्रतिशतले एक मात्रा र ६३ दशमलव १ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


