प्रथम साहित्यीक हिमाल आरोही तथा साहित्यीक धावक कवी सापकोटा वालिङमा ।

आँधीखोला खवर / वालिङ :
महानन्द सापकोटा स्मृति बाङमय प्रतिष्ठान काभ्रेका अध्यक्ष लक्ष्मण सापकोटालाई वालिङमा स्वागत गरिएको छ । यही जेष्ठ १८ गतेदेखि काभे्रको नमोबुद्धबाट पैदलदौडमा निस्केका सापकोटालाई एघारौँ दिन मंगलबार भेषजराज साहित्य प्रतिष्ठानले स्वागत गरेको हो । सापकोटालाई अर्मादी आवसीय मावि र सगरमाथा आवसीय माविमा छुट्टछुट्टै कार्यक्रम गरी स्वागत गरिएको हो । सापकोटालाई स्वागत तथा भेषज राज साहित्य प्रतिष्ठानको नियमित रचना वाचनको १३ औँ श्रृखला समेत सम्पन्न गरिएको हो ।
लुम्बिनी भ्रमण बर्ष २०७६ को अबसरमा प्रथम साहित्यीक धावक कवी तथा साहित्यकार लक्ष्मण सापकोटा विकल्प काभ्रेपलान्चोक जिल्लाको प्रसिद्घ तिर्थस्थल नमोबुद्घदेखी गौतमबुद्घ जन्मस्थल लुम्बिनी सम्मका करिब ५ सय किलोमिटर नमोबुद्घ लुम्बिनी साहित्यीक दौड २०७६ नामक पैदल दौड गर्न लाग्नुभएको हो ।

सगरमाथा आवसिय विद्यालयमा गरिएको कार्यक्रममा कवी तथा साहित्यकार लक्ष्मण सापकोटा, कवि लेखनाथ काफ्ले, काभे्रली कवि हरिदास श्रेष्ठ नालामी, यामकान्त खनाल, सिताराम अधिकारी, सम्भु अर्याल, दिपक लम्सालले आ–आफ्नो मन्तव्य संगै रचना वाचन गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष यामकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य लेखनाथ काफ्ले, सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गाना र धन्यवाद विद्यालयका प्रिन्सपल प्रदिप बगालेले गर्नुभएको थियो ।

२ वर्ष अगाडि नेपालको मेचि पुलबाट दौड शुरु गरेका सापकोटाले १ हजार २६ किलोमिटर दुरी पार गरी महाकाली गौडाचौकी पुगेर राष्ट्रिय रेकर्ड कायम गर्नुभएको थियो । यसअघि इम्जात्से र मेरापिक हिमालको सफल आरोहण गर्नुभएका सापकोटाले २०७७ सालको वसन्त श्रतुमा विश्वको सर्वोच्च सिखर सगरमाथा हिमालको चुचुरोमा पुगी कविता वाचन गर्ने योजना रहेको बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


