मृत्युको वास्तविकता पत्ता लगाउन पोखराबाट ल्याईएको कुकुर समेत अल्मलियो ।
चुत्र बहादुर महत / भीरकोट :
एका विहानै खवर आयो भीरकोट नगरपालिका १ मुल्की चौपारी भन्ने ठाँउमा एक जनाको शव रहेको छ । सूचना पाउना साथ प्रहरीको टोली घटनास्थलमा पुग्यो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट ल्याईएको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिदै
प्रहरीले कसैले हत्या गरेको हुन सक्ने आंशकामा गण्डकी प्रदेश प्रहरी कार्यालय कुकुर शाखा पोखराबाट कुकुरसहितको टोलीलाई घटनाको अनुसन्धानलाई बोलाईयो । तर पोखराबाट ल्याईएको कुकुर पनि अनुसन्धानमा अलमलिएको प्रत्यक्षदर्शीले बताए । कुकुर केही पर सम्म गएको त्यसलाई आधार मानी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ । मृतक पुतलीबजार नगरपालिका १३ का ५५ वर्षीय राजेश अधिकारी रहेको पहिचान खुलिसकेको छ । प्रहरीका अनुशार मृतक अधिकारी दैनिक मादक पदार्थ खाई हिहडने गर्दथे । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीका अनुसार मृतकलाई पोष्टमार्टमका लागि वालिङ प्राथामिक स्वास्थ्य केन्द्रमा राखिएको छ । अधिकारीको मृत्युको कारण बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…



