श्रीलंकामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट–ओमिक्रोन ।
काठमाण्डौ:
कोरोना भाइरसको नयाँ भेरियन्ट–ओमिक्रोन छिमेकी भारत लगायत श्रीलंकामा पनि देखिएको छ। पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएका श्रीलंकाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिनअघि श्रीलंका आएका एकजना व्यक्तिमा सो भाइरस देखिएको हो। उनलाई हाल क्वारेन्टिनमा राखेर उपचार भइरहेको छ। तर, पनि उनको अवस्था भने त्यति गम्भीर नपाइएको बताइएको छ।
अमेरिकाको न्युयोर्क सहरमा पनि बिहीबार सो भाइरस भेटिएको थियो। उनीहरूले यो नयाँ भेरियन्ट गत बुधबार मात्र अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको बताएका थिए। यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक व्यक्तिमा सो भेरियन्ट देखिएको थियो। यो भाइरस विश्वका ३५ भन्दा बढी देशमा भेटिइसकेको छ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


