हङकङसँग नेपाली चेलि ६ विकेटले पराजित ।
काठमाण्ढौ
आइसिसी टी-२० महिला विश्वकपअन्तर्गत एसिया छनोट खेलमा नेपाललाई हङकङले ६ विकेटले पराजित गर्यो।
नेपालले दिएको १०५ रनको लक्ष्य हङकङले १८ ओभरमा ४ विकेट गुमाएर पार गर्यो। हङकङको जितमा ओपनर मारिको हिलले नटआउट ४४ रन जोडिन्। उनले ४२ बलमा ४ चौका प्रहार गरिन्। नतासा माइल्सले १६ रन, केरी चानले १७ रन र इमा लाइले नटआउट १३ रनको योगदान दिए।
बलिङमा नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले १-१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १०४ रन जोड्यो।नेपालका लागि सीता रानामगरले ४० रनको योगदान गरिन्। उनले ५८ बलमा ४ चौका प्रहार गरिन्। इन्दू बर्माले नटआउट ३१ रन जोडिन्। उनले ३६ बलमा ३ चौका हिर्काइन्।त्यसअघि ओपन कविता कुँवर शून्यमा आउट हुँदा काजल श्रेष्ठले ४ रन भन्दा जोड्न सकिनन्। कप्तान रुबिना क्षेत्रीले नटआउट २ रन बटुलिन्।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


