जलवायु परिवर्तनविरुद्ध जुध्नका लागि क्षतिपुर्ति पाउनुपर्ने मुद्दालाई नेपालले उठाउने ।
काठमाण्डौ
जलवायु परिवर्तनविरुद्ध जुध्नका लागि गरेको योगदानबापत कम विकसित देशहरुले पाउनुपर्ने क्षतिपुर्तिको मुद्दालाई नेपालले कोप २६ सम्मेलनमा उठाउने भएको छ । सम्मेलन आजबाट स्कटल्यान्डको ग्लासगो शहरमा सुरु हुँदैछ ।
पेरिस जलवायु सम्झौतामा स्पष्टै रुपमा विकसित देशहरुले कम विकसित देशहरुलाई सहयोग गर्ने विषय उल्लेख भएकाले धनी देशहरुले आफ्ना प्रतिवद्धता पूरा गर्नुपर्ने नेपालको माग छ । यसका लागि आर्थिक संयन्त्र स्थापना गरेर अघि बढ्नुपर्ने नेपालको माग छ ।
सम्मेलनमा नेपालले चारवटा एजेन्डालाई मुलरुपमा उठाउने वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयले तयार गरेको प्रतिवेदनमा यसबारे उल्लेख गरिएको छ । ‘केही महत्वपूर्ण क्षेत्रमा कोप २६ ले सफल नतिजा निकाल्ने नेपाल सरकारको विश्वास छ । यसमध्ये: १. कार्बन उत्सर्जन कटौती गर्नका लागि प्रतिवद्धता, ठोस कदम महत्वाकांक्षाको स्तरलाई वृद्धि गर्ने । २. नेपालजस्ता कम विकसित देशका लागि सहज, अपेक्षित र अतिरिक्त जलवायु फाइनान्सको व्यवस्था गर्ने । ३. क्षती र नोक्सानीलाई फरक थिमका रुपमा मान्यता दिने । ४. र सबैभन्दा महत्त्वपूर्ण एडप्टेनशन (अनुकुलता) र रिसाइलेन्सलाई सहयोग गर्न ठोस कदम चाल्ने अपेक्षा गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


