ट्वान्टी ट्वान्टी विश्वकपकको सुपर १२ मा नामिबियाको प्रवेश ।
एपी:
नामिबियाले शुक्रबार ट्वान्टी ट्वान्टी विश्वकपको मुख्य ड्र मा पहिलोपल्ट प्रवेश पाएको छ । नामिबियाले सुपर १२ चरणमा प्रवेश पाउनका लागि भएको निर्णायक खेलमा आयरल्यान्डलाई आठ विकेटल पराजित गरेको छ ।
यससँगै प्रतियोगिताको अन्तिम मुख्य चरण खेल्ने १२ टिमको पनि निर्णय भएको छ । जितका लागि १ सय २६ रनको लक्ष्य पाएको नामिबिया नौ बलको खेल बाँकी छँदै त्यहाँसम्म पुगेको हो ।नामिबियालाई जित दिलाउन कप्तान जेरहार्ड इरसमुले प्रमुख भूमिका खेले । उनले ४९ बलमा ५३ रन बनाएर नटआउट रहे र २८ रन बनाएका डेविड विससँग नटआउट ५३ रनको साझेदारी गरे ।नामिबियाले यसअघि नेदरल्यान्ड्सलाई हराएको थियो । यसको समूहबाट यसअघि नै श्रीलंका पनि सुपर १२ को चरणमा पुगिसकेको छ । यसअघि सन् २०१२ यता पहिलोपल्ट विश्वकप खेल्ने प्रयासमा रहेको आयरल्यान्डले आठ विकेटमा १ सय २५ रन बनाएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


