कहाँ फल्छ संसारकै ठूलो मकैको घोँगा

काठमाडौं:  मेक्सिकोको नायारिट प्रान्तस्थित जाला सहर संसारमा सबैभन्दा ठूलो मकैको घोगा फलाउने सहर हो । त्यहाँ फल्ने मकै मेक्सिकोका अन्य ठाउँमा पनि फल्दछ तर आकार भने त्यहाँ जत्तिको ठूलो कतै फल्दैन ।

सन् २०१९ मा जाला सहरका किसान जेसस नाजारियो इलियास मोक्टेजुमाले सबैभन्दा ठूलो मकैको घोगा फलाए । मकै प्रतिस्पर्धामा सहभागी भएका जालाले फलाएको मकैको घोँगा ३९.५ सेन्टिमिटर थियो ।

त्यो प्रतिस्पर्धामा दोश्रो हुने मकैको घोगा पनि ३९ सेन्टिमिटर थियो भने अन्य सहभागीहरुका मकैका घोगा पनि खासै साना थिएनन् ।

त्यसअघि सन् २०१६ मा स्थानीय किसानले ४५ सेन्टिमिटरको मकैको घोगा फलाएका थिए । सन् १९२४ मा त्यहाँ ६० सेन्टिमिटरको मकैको घोगा फलेको थियो । त्यस्तै मकैको बोट ६ मिटर अग्लोसम्म हुन्थ्यो । एजेन्सीको सहयोगमा

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP