नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख नाघ्यो
काठमाडौँ : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा बिहीबार ६६७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ लाख २८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा देशभर गरिएको ७ हजार २६४ पीसीआर परीक्षणमा ६६७ र ३ हजार ४०८ एन्टिजेन परीक्षणमा १३८ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १० हजार ६७२ परीक्षणमा ८०५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा थप ९११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७३ हजार १४० रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ ।
हालसम्म देशभर ४२ लाख ६४ हजार ६७ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २४२ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १५ हजार ९४२ छ ।
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


