कक्षा १२ को परीक्षा आजदेखि

काठमाण्डाै : कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । असोज ८ गतेसम्म हुने परीक्षाका लागि ३ लाख ७४ हजार ४ सय १३  विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ११ देखि दिउँसाे २ बजेसम्म हुनेछ ।

हरेक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताउनुभयो । उहाँका अनुसार कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीहरुलाई पछि छुट्टै व्यवस्था गरिनेछ । विद्यार्थीले आफू संक्रमित भएको प्रमाणसहित आफू परीक्षामा सामेल हुन नपाएको जानकारी गराउने विद्यार्थीलाई पछि पनि परीक्षा दिन पाउने व्यवस्था गरिने उहाँले बताउनुभयो ।

परीक्षाका लागि तयार पारिएका प्रश्नपत्र बिहान साढे १० बजेसम्ममा अनलाइन माध्यमबाट हरेक परिक्षा केन्द्रमा पुर्याइने अध्यक्ष डा. पौडेलले बताउनुभयो  ।

यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित भएको थियो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP