१ हजार ५८९ जना कोरोना संक्रमणमुक्त

corona virus

काठमाडौं :  पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा १ हजार ५ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका हुन्।

यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४२३०६ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कोरोना निको हुने दर ९५ दशमलव २ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

१० हजार २६६ जनाको पीसीआर र ४ हजार १ सय ७७ जनाको एन्टीजेन विधीबाट गरिएको परीक्षणका क्रममा १ हजार ५६२ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार यससँगै सक्रिय संक्रमितको संख्या २६ हजार २०२ पुगेको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा थप १९ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ९८४ पुगेको छ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP