क्रिस्टियानो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी ।
एजेन्सि
क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् । अन्तर्राष्ट्रिय फुटबलमा गोल सङ्ख्या १ सय ११ पुर्याएर सो कीर्तिमान प्राप्त गरेका छन् ।
विश्वकप छनोटअन्तर्गत गएराति रिपब्लिक अफ आयरल्यान्डसँगको खेलमा २ गोल गर्दै रोनाल्डोले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।। पोर्चुगलका कप्तान रोनाल्डोले राष्ट्रिय टोलीका लागि १ सय ८० औं खेलमा यो कीर्तिमान हासिल गरेका हुन् । यसअघि रोनाल्डोले युरोपेली च्याम्पियनसिपका दौरान इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमान बराबरी गरेका थिए । उनले स्वीडेन र लिथुआनियामाथि सबै भन्दा बढि सात-सात गोल गरको छन ।
रोनाल्डोको २ गोलसँगै पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


