गल्याङ बजारमा निशुल्क स्थास्थ्य शिविर सम्पन्न ।
टिकारम अधिकारी/ गल्याङ :

स्याङजाको गल्याङ बजारमो निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ गल्याङ सिटीको आयोजना र गल्याङ मेडिकल हल तथा सेन्ट्रल ल्यावको सहयोगमा गल्याङ बजारमा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
शिविरको उद्धघाटन गर्दै लायन्स क्लब ३२५ वी वानका सिनियर एड्भाईजर सन्दिप प्रसाद अर्यालले आर्थिक समस्याका कारण स्वास्थ्य जाँच गर्न नसकेका जनतालाई शिविरले सहयोग पुर्याउने बताउनुभयो ।
कायक्रममा गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष महेश भट्टराईले जनताको सेवामा लायन्स क्लब अफ गल्याङ सिटीले पुर्याएको योगदान सह्रानीय रहको बताउनु भयो ।
शिविर कालीगण्डकी यातायात व्यवसायी समितीको हलमा सम्पन्न भएको थियो । शिविरमा ४१५ जना विरामीले सेवा लिएका आयोजकले जनाएको छ ।

शिविरमा मुटु, छाती, पेट, महिला सम्बन्धी र नशा सम्बन्धी रोगका विरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा विरामीलाई निःशुल्क औषधी सोत वितरण गरिएको थियो ।
सोही अवसरमा लायन्स क्लव अफ गल्याङ सिटीले पढौं अभियान अन्र्तगत भानुभक्त आचार्य माध्यमिक विद्यालय कक्षा ७ का विद्यार्थी रुवि अधिकारी र कालिका मावि कुरुङ्चे कक्षा ९मा अध्ययन गर्ने विद्यार्थी हरि बहादुर राना मगरलाई सहयोग प्रदान गरेको श्यामलाल रिजालले जानकारी दिनु भयो ।

शिविरमा गल्याङ नगरपालिका तथा छिमेकी जिल्ला पाल्पा तथा पर्वतका स्थानीय बासीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
लायन्स क्लव अफ गल्याङ सिटीका अध्यक्ष दुर्गा प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष जनक कुमार श्रेष्ठ तथा ध्वजाको अभिवादन कोषाध्यक्ष कृष्ण प्रसाद भट्टराई र धन्यवाद क्लवका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक ओम बहादुर थापा मगरले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव यज्ञ प्रसाद अर्यालले गर्नु भएको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


