स्याङ्जाका काफ्लेले पाए क्यानडाको उत्कृष्ट नागरिक सम्मान ।
क्यानडा : अन्टरियो प्रान्तभित्र रहेको ब्रम्टन शहरको सन २०२०/२०२१ को उत्कृष्ट नागरिकका रुपमा स्याङ्जाका मित्र काफ्ले सम्मानित हुनु भएको छ ।
ब्रम्टन नगरले सन् २०२०/२०२१ को उत्कृष्ट नागरिकहरूको छनौट गर्दै सम्मानित गरेको हो । कोभिड १९ को बिषम परिस्थितीमा समेत ब्रम्टन समुदायलाई सहयोग पुर्याउने नागरिकहरुको मुल्याङ्कन गर्दै नगर प्रमुख प्याट्रिक ब्राउन्लले नेपालका काफ्ले सहित ७ जनालाई उत्कृष्ट नागरिक घोषणा गरी सम्मान गर्नु भएको हो ।
झन्डै ११ बर्ष देखी क्यानडामा बसोबास गर्दै आउनु भएका काफ्लेको स्थायी घर स्याङ्जाको वालिङ नगरपलिका वडा नम्वर १ पर्दछ । काफ्ले क्यानडा देखी नेपाल सम्म बिभिन्न सामाजिक कार्यमा निरन्तर सक्रिय रहदै आउनु भएको छ।
क्यानडाको हरेक गतिविधि तथा बिकासको प्रगतिलाई गहिरो अध्ययन गरी राम्रोसँग बुझिसकेका र आफ्नो क्षमतालाई कुनै पनि परिस्थितीमा सदुपयोग गर्न सक्ने खुबी बनाउनु भएका काफ्लेलाई ब्रम्टन सरकारले उत्कृष्ट नागरिक घोषणा गरी सम्मान गर्नुले नेपाली समुदायमा नेपालीको पहिचान बनेको छ ।
एसियन मुलुकहरुका क्षमतावान दक्ष सामजसेबी नागरिकहरु मध्येबाट काफ्लेले उत्कृष्ट नागरिकको सम्मान पाउनु अन्तर्राष्ट्रिय नेपाली जगतमा नेपालीको पहिचानको चर्चा चुलिएको छ । क्यानडामा उद्यमी, राजनीतिक तथा समाजसेवीको रुपमा स्थापित काफ्ले घर जग्गाको लगानीकर्ता, सामाजिक, राजनीतिक तथा सामुदायिक कार्यकर्ता, मानव अधिकार तथा नागरिक अधिकारको क्षेत्रमा पनि विज्ञ पनि हुनुहुन्छ ।

काफ्लेको नेपालमा योगदान के छ :
काफ्ले पछिल्लो समय नेपालमा पनि सामाजिक क्षेत्रमा सक्रिय रहदै आउनु भएको छ ।
‘गिड्स इन नेपाल-बिल्डिङ सेफ एण्ड हेल्दी नेपाल’ नामक संस्था मार्फत नेपालमा सामाजिक कार्यमा सक्रियता बढाउनु भएको । गिड्स मार्फत काफ्लेले नेपालमा मानव अधिकार,महिला ससक्तिकरण, बाल अधिकारको क्षेत्रमा काम गर्न शुरु गर्नु भएको छ । संस्थाले अन्तरदेशीय मानव तस्करीको न्युनिकरणका लागि समेत काम गर्न शुरु गरेको छ ।
स्याङजा जिल्लाको समग्र आर्थिक तथा सामाजिक परिवर्तनका लागि बिभिन्न अभियान शुरु गर्न लाग्नु भएका काफ्ले गैह्रसरकारी संस्था गिड्स इन नेपाल-बिल्डिङ सेफ एण्ड हेल्दी नेपाल’ को फाउन्डर तथा निर्देशक समेत रहनु भएको छ ।
यहाँ हेर्नुहोस उत्कृष्ट नागरिक घोषणा


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


