विश्वकप तथा एसिया कप छनोटमा आज नेपाल र अष्ट्रेलिया भिड्दै ।

एजेन्सी :

विश्वकप तथा एसिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपाल आज अष्ट्रेलियासँग भिड्दैछ । खेल  राति पौने १० बजे शुरु हुनेछ ।
कुवेतको राजधानी कुवेत सिटीमा समूह ‘बी’ को सबैभन्दा बलियो टोली अष्ट्रेलिया विरुद्धको खेल नेपालका लागि निकै कठिन हुनेछ । विश्वकप फुटबलको अनुभव बटुलिसकेको अष्ट्रेलिया ले पहिलो खेलमा नेपाललाई ५-०गोलले हराएको थियो । अष्ट्रेलिया पाँच पटक विश्वकप खेलिसकेको छ भने नेपालको यो नै विश्व कप छनोटको दोस्रो चरणको प्रथम अनुभव हो।
समूहमा ६ खेलबाट १८ अंकसहित अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने नेपाल ६ अंकसहित चौथो स्थानमा छ । नेपालले समुहको पुछारको चाइनिज ताइपेईलाई दुवै खेलमा हराएको थियो भने जोर्डन र कुवेतसँग दुवै खेल हारेको थियो ।

 

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP