नेपाल र चाईनिज ताइपे भिड्दै ।
काठमाडौं :
विश्वकप र एसिया कप फुटबलको छनोट चरणको खेलमा अहिले नेपाल चाईनिज ताइपे भिड्दै खेल्दैछन । खेल नेपाली समय अनुसार बेलुकी पौने १० बजेबाट कुवेतको राजधानी कुवेत सिटीमा हुदैछ ।
हालसम्म दुई देशबीच भएका दुई भिडन्तमध्ये एक खेल नेपालले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । अघिल्लो बर्षनै जारी विश्वकप छनोटको पहिलो लेगको खेलमा नेपालले चाइनिज ताइपेलाई उसैको मैदानमा २–० ले हराएको थियो ।
समूह ‘बी’ मा नेपाल ३ अंकसहित चौथो स्थानमा रहेकोले विश्वकप फुटबल छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर पनि नेपालले बाँकी खेलमा जित निकाल्दै सन् २०२३ मा हुने एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर खोजि रहेको छ । यस खेलपछि नेपालले अष्ट्रेलिया र जोर्डनसँग दुई खेल खेल्न बाँकी छ ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


