विश्वकप खेल्ने देशको संख्या बढाइयो, नेपाललाई सहज

icc worldcup 2019

काठमाडौँ : आईसीसीले एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी मुलुकको संख्या बढाएको छ ।

आईसीसीले एकदिवसीय र टी-ट्वान्टी विश्वकपमा खेल्ने टिमको संख्या बढाएको छ । अब एकदिवसीयमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन् भने टी-ट्वान्टीमा २० टिमबीच प्रतिस्पर्धा हुनेछ ।

आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आएका थिए ।

यस्तै टी-ट्वान्टी विश्वकपको सन् २०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने आइसीसीले जनाएको छ । टी-ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आएका थिए ।

यस निर्णयले नेपालजस्ता एसोसियट राष्ट्रका लागि विश्वकप खेल्न सहज हुने छ । नेपालले अहिलेसम्म एक पटक मात्र टी–ट्वान्टी विश्वकपमा प्रतिष्पर्धा गरेको छ । २०१४ मा एक पटकमात्र विश्वकप खेलेको नेपालका लागि यस निर्णयले सहज अवसर प्राप्त हुने छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP