म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरो बार्सिलोनामा आबद्ध
एजेन्सी:
इंग्लिस क्लब म्यानचेस्टर सिटीमा १० वर्ष बितायका स्ट्राइकर सर्जियो अग्युरो बार्सिलोनामा आबद्ध भएका छन ।
यो सिजनको अन्त्यबाट सिटीसँगको सम्झौता सकिने भएपछि अग्युरो स्पेनी महारथि बार्सिलोनामा आबद्ध भएका हुन्।अग्युरो र बार्सिलोनाबीच दुई वर्षको सम्झौता भयो।
३२ वर्षीय अग्युरो सन् २००६ देखि २०११ सम्म स्पेनी क्लब एथ्लेटिको मेड्रिडबाट खेलका थिए । त्यस लगत्तै उनी २०११ बाट नै सिटीमा आबद्ध भएर १० वर्ष बिताए । उनी सिटीका लागि सर्वाधिक गोलकर्ता बने। उनले सिटीबाट ३९० खेल खेल्दै २६० गोल गरे, त्यस्तै १५ मुख्य उपाधि जिते। उनले सिटीबाट गत शनिबार अन्तिम खेल खेलका थिए। चेल्सीविरुद्धको च्याम्पियन्स लिगको फाइनलमा सिटी पराजित भएको थियो।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


