आज राती च्याम्पियन्स लिग फाइनल , म्यान्चेस्टर सिटी र चेल्सी भिड्दै ।
युरोपियन च्याम्पियन्स लिग फुटबलको फाईनल खेलमा आज राती पौने १ बजे पोर्चुगलको पोर्टो शहरमा दुई इंग्लीश महारथि म्यान्चेस्टर सिटी र चेल्सी, भिड्दै छन् ।
म्यान्चेस्टर सिटीको यो पहिलो च्याम्पियन्स लिग फाइनल हो भने चेल्सीको तेस्रो । म्यान्चेस्टर सिटीका स्पेनी प्रशिक्षक पेप ग्वार्डिओलाले बार्सिलोनाका लागि यस अघि नै दुई च्याम्पियन्स लिग जितिसकेका छन् तर पनि सिटिका लागि भने यो नै पहिले फाइनल खेल होे त्यस्तै चेल्सीका जर्मन प्रशिक्षक थोमस टचेलले पोहोर साल नै पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई च्याम्पियन्स लिगको फाइनल खेलाएका थिए । ग्वार्डिओला आएयता सिटीले उत्कृष्ट फुटबल खेलेको छ त्यसैले त सिटीले पछिल्ला चार सिजनमध्ये तीनमा इंग्लिस प्रिमियर लिग जितेको छ । रियाद महारेज, फिल फोडेन, केभिन डी ब्रुयन, सर्जियो अगुइरो, रुबेन डायस, ग्याब्रियल जेसस, बर्नाडो सिल्भा जस्ता उत्कृष्ट खेलाडीले भरिएको सिटिलाई घरेलु प्रतिद्दन्दि चेल्सीका मेसन माउन्ट, क्रिस्टियन पुलिसिच , टिमो वार्नर, केइ हाभर्टेज, जोर्गिनो, कान्टे, विलियम तथा थियगो सिल्भा जस्ता उत्कृष्ट खेलाडीले राम्रो चुनौती दिनेछन । गत सिजन २०२०,२१ मा भएका घरेलु तथा एफए कप गरि ३ खेल मध्य चेल्सिले दुई र सिटीले एक खेल जितेको छ । पछिल्ला तीन वर्षको च्याम्पियन्स लिग फाइनल मध्य इंग्लिस क्लबबीच हुन लागेको यो दोस्रोपल्ट हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


