नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो
काठमाडौं : नेपालमा थप ८ हजार ९ सय ८० जनामा कोभिड–१९ संक्रमण देखिएको छ ।
१९ हजार ३ सय ५७ पीसीआर र ७ सय ४८ एन्टिजेन परीक्षण गर्दा ८ हजार ९ सय ८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ सय २९ जनाको मृत्यु भएपछि देशभर कोभिडबाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ ।
सोही समयमा ८ हजार ८ सय ४८ जना निको हुँदा संक्रमणमुक्त हुनेको संख्यामा पनि वृद्धि भएको छ । मन्त्रालयका अनुसार देशभर ३ लाख ८३ हजार ६ सय ४८ जना व्यक्ति कोभिडमुक्त भएका छन् ।
देशभर १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित रहँदा ८ सय ६६ जना क्वारेन्टिनमा छन् ।
सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार १ सय ३ जना होम आइसोलेसन, ७ हजार ७ सय ३ जना संस्थागत आइसोलेसन, १ हजार ७ सय ३२ जना आईसीयू र ५ सय २३ जना भेन्टिलेटरमा छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


