थप २ सय २५ कोभिड संक्रमितको मृत्यु, ९४ सय ८३ संक्रमित थपिए
काठमाडौं : नेपालमा थप २ सय २५ जना कोभिड संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार थप २ सय २५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको हो ।
मन्त्रालयले यसलाई नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको उल्लेख गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको २० हजार ५९६ पीसीआर र ७ सय २० एन्टिजेन परीक्षणबाट थप ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ । यो एकदिनमा संक्रमित हुने अहिलेसम्मकै उच्च संख्या हो ।
योसँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । कूल संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको मन्त्रालयको तथ्यांक छ । गत २४ घण्टामा ५ हजार २ सय २५ जना संक्रमित निको भएका छन्।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


