गण्डकीमा थप ३०८ जनामा कोरोना पुष्टि, दुईको मृत्यु
स्याङ्जा : पछिल्लो २४ घण्टामा गण्डकीमा थप ३०८ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका १०१८ जनामा गरिको परीक्षणमा थप ३०८ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जस अन्तर्गत कास्कीका १७३ जना, तनहुँका ७ जना, गोरखाका ४६ जना, नवलपुरका ७ जनामा कोरोना पुष्टि भएको छ । पर्वतका ५ जना, बाग्लुङका १७ जना, म्याग्दीका ११ जना र मुस्ताङ जिल्लाका १ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस्तै स्याङ्जाका ६३ जनाको परीक्षण गर्दा ४१ जनामा काेराेना देखिएकाे छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १८ हजार २५९ पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या बढेर १२८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २६ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय ५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ ।
मृतक बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका -११ निवासी ६१ वर्षीया महिला र गोरखा जिल्ला गोरखा नगरपालिका -१४ निवासी ५५ वर्षीय संक्रमित पुरुष रहेका छन् । थपिएका मृतकसंगै गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या २१९ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


