गल्याङमा खेलकुद कलेजको स्थापनाको तयारी भइरहेको नगरप्रमुख अधिकारीको भनाई
गल्याङ :नगरपालिकाका प्रमुख भुपराज अधिकारीले गल्याङमा खेलकुद कलेजको स्थापनाको तयारी भइरहेको बताउनुभएको छ ।
उहाँले स्वस्थ र स्फुर्ती एवम् सकारात्मक सोचका लागि खेलकुद अपरिहार्य रहेको भन्दै यसका लागि नगरपालिकाले खेलकुद कलेज स्थापना गर्ने तयारी गरेको स्पष्ट पार्नुभयो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ गल्याङ नगरपालिका ३ तल्लो गल्याङमा जापान कराँते डो आँसिकाई संघ जिल्ला कार्यसमिति स्याङ्जाले गरेको ग्रेडिङ कार्यक्रम तथा पेटी परिक्षा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नगरप्रमुख अधिकारीले सबै बालबालिकालाई खेलकुदमा संलग्न हुने अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो –‘प्रत्येक विद्यालयमा बाल क्लब गठन गरी खेलकुद, शिक्षा र स्वास्थ्यमा जोड्ने गरी नगरपालिकाले अभियान चालिरहेको छ ।’
नगरप्रमुख अधिकारीले खेलकुदले स्वस्थ बनाउन सहयोग गर्ने भएकाले यस कार्यका लागि नगरपालिकाले सबै खालको सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो ।
.

सकारात्मक सोचको विकास गर्ने र काममा दत्तचित्त भएर लाग्न खेलकुदले अनुशासन सिकाउने भन्दै उहाँले युवा र बालबालिकाको क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जापान कराँते डो आँसिकाई संघका केन्द्रीय महासचिव ओमकृष्ण प्रसाईले स्वस्थ र फुर्तिलो बनाउन मात्र नभई दुव्र्यसनीबाट बचाउन, मोवाइल जस्ता आधुनिक प्रविधिमा बढि केन्द्रीत हुन एवम् सकारात्मक सोचका लागि खेलकुदको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले अन्य खेलकुदले स्वस्थ मात्रै बनाउने भन्दै मार्सल आर्टले स्वस्थ फुर्तिलो सँगै आत्मरक्षा पनि सिकाउने बताउनुभयो ।
प्रसाईले गहना नलगाउँदा पनि फरक नपर्ने भएकाले खेलाडीलाई राष्ट्रको गहना मात्रै भन्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर कमिटि अध्यक्ष नारायणप्रसाद अधिकारीले खेलकुदको विकासमा स्थानीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेकपा गल्याङ कार्यालय सचिव तथा समाजसेवी किसान श्रेष्ठले मार्सल आट्सको विकासमा सबैको चासो हुनुपर्नेमा जोड दिनुभयो ।
जापान कराँते डो आँसिकाई संघ नेपाल जिल्ला कार्यसमितिका प्रमुख मनोज बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी नारायण विश्वकर्माले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


