प्रविधिमैत्री बन्दै वालिङ, नागरिकलाई सहज
वालिङ :
स्मार्ट सिटीको अवधारणामा अगाडि बढदै गरेको स्याङ्जाको वालिङ नगरपालिका प्रविधिमैत्री बन्दै गएको छ । नगरपालिकाले स्मार्ट सिटी निर्माणको खम्बामध्ये सूचना प्रविधिको प्रयोगलाई जोड दिंंदै नागरिकलाई सहज सेवा दिने गतिमा अगाडि लम्किरहेको छ । प्रविधिको प्रयोगसँगै यहाँका नागरिकले राजस्व तथा कर बुझाउन कार्यालयमा जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।
नगरपालिकाले डिजिटल माध्यमबाट सेवा दिने गरी एप्सहरु निर्माण गरी कार्यान्वयनमा ल्याएको नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश अर्यालले बताउनुभयो ।
“नगरपालिका तथा वडा कार्यालयहरुले प्रदान गर्ने सबै प्रकारका सेवाहरु समेटेर ‘स्मार्ट वालिङ एप’ निर्माण गरेका छौं” अधिकृत अर्यालले भन्नुभयो, “नागरिक÷सेवाग्राहीले जुन सेवा लिनुहुन्छ सोही सेवाबापतको शुल्क विभिन्न डिजिटल एपमार्फत भुक्तानी गर्न सक्नुहुनेछ ।”
‘स्मार्ट वालिङ एप’ सहित कनेक्टिङ आईपिएस, खल्तीलगायत ५ वटा डिजिटल माध्यमहरुबाट सेवाग्राहीले भुक्तानी गर्न सक्ने अधिकृत अर्यालले बताउनुभयो ।
“नगरपालिकाले थालनी गरेको सूचना प्रविधिलाई नागरिकसम्म पु¥याउनुपर्नेछ” अधिकृत अर्यालले भन्नुभयो, “यसका लागि कर्मचारी तथा सरोकारवालाहरुलाई आवश्यक तालीम तथा प्रशिक्षण दिईएको र वडा÷वडामा नागरिकहरुलाई प्रयोग गर्ने विधिकाबारेमा जानकारी गराउन ‘स्मार्ट क्लब’ गठन गर्ने र सोही क्लब परिचालन गर्ने गरी तयारी भएको छ ।”
सेवाग्राहीको भीड भईरहने नगरपालिकामा मोबाईलमा रहेको खल्ती एपबाटै शुल्क भुक्तानी गर्न सकिने भएकाले नगरबासीलाई निक्कै सहज हुने खल्ती डिजिटल वालेटका संस्थापक तथा निर्देशक अमित अग्रवालले बताउनुभयो ।
वालिङ नगरपालिका र खल्ती डिजिटल वालेटबीच सम्झौता भई कार्य थालनी भएको निर्देशक अग्रवालले बताउनुभयो ।
वालिङका नागरिकले सेवा लिएबापत खल्ती वेबपेज वा मोबाईल एपमा रहेको सरकारी सेवा मेनुमा गई वालिङ नगरपालिका टयाप गरेर शुल्क भुक्तानी गर्न सक्ने निर्देशक अग्रवालले बताउनुभयो ।
डिजिटल माध्यमबाट नगरपालिकाले सेवा उपलब्ध गराएसँगै सेवाग्राहीहरु कार्यालय समयभित्र वा कार्यालयमै उपस्थित भईरहन आवश्यक नरहने, देश तथा विदेशका जुनसुकै स्थानबाट पनि सेवा लिन वा भुक्तानी गर्न पाईने भएकाले समयको वचत र छिटो छरितो सेवा प्रवाह हुने विश्वास नगरपालिकाको छ । वालिङ नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु सबैले ‘डिजिटल सिग्नेचर’ मार्फत हस्ताक्षर गर्ने कार्यसमेत थालेका छन् ।
वालिङ नगरपालिकाले ‘डिजिटल सिग्नेचर’ लाई अझै विकसित गर्दै क्रमशः पेपरलेस पद्धतिबाट सेवा प्रवाह गर्ने रणनीति अगाडि सारेको छ ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


